सूचीकृत गरिएको सम्बन्धी सूचना !!
प्रकाशित मिति: २०८३/०६/२८
रसुवा-भोटेकोशी(लेन्दी) बाढीबाट प्रभावित तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हेरचाह, संरक्षण, शिक्षा, स्वास्थ्य तथा पोषण, मनोसामाजिक सहयोग, सुरक्षित आवास, पारिवारिक सबलीकरण तथा दीर्घकालीन पुनःएकीकरण लगायतका सेवा तथा सहयोग उपलब्ध गराउने सम्बन्धी मिति २०८३ साल असोज २० गते प्रकाशित सूचना बमोजिम एसओएस बालग्राम सानोठिमी, भक्तपुर सूचीकृत गरिएको व्यहोरा आवश्यक जानकारीका लागि यसै सूचनामार्फत सूचित गरिन्छ।
साथै उल्लिखित मितिको सूचना बमोजिम आवेदन पेश गरेका निकाय तथा संस्थाले परिवारमा आधारित हेरचाह आवासीय रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न नसकेका तर परिवारलाई सहयोग गरी परिवारमा नै बालबालिका रहने गरी आर्थिक र प्राविधिक सहयोग गर्दै गैरआवासीय रुपमा संरक्षण, हेरचाह तथा स्याहार सुसार, शिक्षादीक्षा र पालनपोषण लगायतमा योगदान गरिरहेको भए सो सम्बन्धी विस्तृत विवरण/प्रस्ताव खुलाई अपुग कागजात समेत पेश गरेमा सूचीकृतका लागि पुनः मूल्याङ्कन गरी सूचीकृत गरिने व्यहोरा सम्बन्धित आवेदक सबैलाई यसै सूचनाबाट जानकारीका लागि अनुरोध छ। साथै अन्य इच्छुक निकाय तथा संघ संस्था समेतले उल्लिखित कार्यका लागि यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र परिषद् कार्यालयमा कार्यालय समयभित्र निवेदन दिई सूचीकृत हुन सक्ने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।