तालीमका लागि मनोनयन गरी पठाउने सम्बन्धमा।
मिति: २०८३/०६/२२
नेपाल सम्बव् ११४६
विषयः- तालीमका लागि मनोनयन गरी पठाउने सम्बन्धमा।
श्री स्थानीय तह सबै (१३६)
मधेश प्रदेश।
उपर्युक्त सम्बन्धमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सानोठिमी भक्तपुरले यस परिषद्को समन्वय, सहयोग, सहजीकरण र सहकार्यमा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६२ र यसको नियमावलीको नियम ८३ बमोजिम स्थानीय तहमा नै बाल संरक्षण सुनिश्चित गर्ने कार्यका निम्ति समाजसेवी तथा बाल मनोविज्ञ दक्षतामा आधारित १६९६ घण्टा अन्तर्गत व्यावसायिक बाल कल्याण सामाजिक कार्यकर्ता पाठ्यक्रम बमोजिम क्षमता अभिवृद्धि गरिदै आइएको छ। यही पाठ्यक्रम बमोजिम तीन महिना अवधिको तालीममा यसैसाथ संलग्न गरिएको मनोनयन गर्ने आधार तथा योग्यता र शर्तहरु अनुसार यही मिति २०८३ साल कात्तिक १६ गतेभित्र तहाँ स्थानीय तहमा स्थायी बसोबास गरेको, तोकिएको योग्यता पुगेको एक जना समाजसेवी र एक जना बाल मनोविज्ञ गरी दुर्इ जनालार्इ मनोनयन गरी निजको नाम, ठेगाना, सम्पर्क नं., इमेल र वैयक्तिक विवरण (Bio-Data) सहितको विवरण यस परिषद् कार्यालयमा उपलब्ध गरार्इ दिनुहुन आदेशानुसार अनुरोध छ।
सम्पर्क व्यक्ति: समन्वय अधिकृत, श्री संजिव महतो (मोबाइल नं. ९८४४०३८८१०)
रामबहादुर चन्द
अधिकृत
बोधार्थ तथा समन्वयार्थ:-
श्री खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेश, जनकपुरधाम, धनुषा।