भोटेकोशी बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन हेरचाह तथा स्याहार योजनामा सहकार्य तथा योगदान गर्न परिवारमा आधारित हेरचाह गर्ने इच्छुक सेवा प्रदायक निकाय तथा संघ संस्था सूचीकृत हुने सम्बन्धी सूचना ! !
(प्रथम पटक प्रकाशित मिति: २०८३/०६/२०)
नेपाल सरकार
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय
राष्ट्रिय बाल अधिकार परिषद्को
भोटेकोशी बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन हेरचाह तथा स्याहार योजनामा सहकार्य तथा योगदान गर्न परिवारमा आधारित हेरचाह गर्ने इच्छुक सेवा प्रदायक निकाय तथा संघ संस्था सूचीकृत हुने सम्बन्धी सूचना ! !
(प्रथम पटक प्रकाशित मिति: २०८३/०६/२०)
रसुवा-भोटेकोशी बाढीबाट प्रभावित तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हेरचाह, संरक्षण, शिक्षा, स्वास्थ्य तथा पोषण, मनोसामाजिक सहयोग, सुरक्षित आवास, पारिवारिक सबलीकरण तथा दीर्घकालीन पुनःर्एकीकरण लगायतका सेवा तथा सहयोग उपलब्ध गराउने उद्देश्यले “बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन हेरचाह तथा स्याहार योजना, २०८३” कार्यान्वयनमा आएको छ भने बालबालिकाको लेखाजोखा गर्नका लागि ललितपुर जिल्लाको गोदावरी न.पा. वडा नं.-१२ ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा रहेको छ।
उक्त योजना अन्तर्गत आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउन परिषद्सँग सहकार्य, साझेदारी तथा योगदान गर्न इच्छुक सेवा प्रदायक निकाय तथा संघ संस्थालाई देहाय बमोजिमका आवश्यक कागजातसहित यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र राष्ट्रिय बाल अधिकार परिषद् कार्यालयमा सूचीकृत हुन आह्वान गरिन्छ।
१. सहकार्य तथा योगदान गर्न सकिने प्रमुख क्षेत्र
देहायका क्षेत्रमा सेवा, आर्थिक वा वस्तुगत सहयोग तथा अन्य आवश्यक योगदान गर्न इच्छुक परिवारमा आधारित हेरचाह गर्ने निकाय तथा संस्थाहरूले सूचीकृत हुन सक्नेछन्:-
(क) परिवारमा आधारित हेरचाह तथा पारिवारिक सवलीकरण,
(ख) सुरक्षित आवास तथा दैनिक जीवनयापनका आवश्यक सामग्री,
(ग) खाद्य तथा पोषण सहयोग,
(घ) विद्यालय भर्ना, शैक्षिक निरन्तरता तथा शैक्षिक सामग्री सहयोग,
(ङ) स्वास्थ्य परीक्षण, उपचार तथा औषधि लगायतका स्वास्थ्य सेवा,
(च) स्वास्थ्य तथा दुर्घटना/जीवन बीमा,
(छ) मनोसामाजिक सहयोग, परामर्श तथा मानसिक स्वास्थ्य सम्बन्धी सेवा,
(ज) बाल संरक्षण, सामाजिक कार्य तथा घटना व्यवस्थापन सम्बन्धी सेवा,
(झ) बालबालिकाको परिवार खोज तथा पारिवारिक पुनःर्एकीकरणमा सहयोग,
(ञ) यातायात तथा अन्य आवश्यक सहजीकरण,
(ट) सीप विकास, जीविकोपार्जन तथा परिवारको आर्थिक सबलीकरण,
(ठ) आवश्यकतामा आधारित अन्य बाल संरक्षण, दीर्घकालीन हेरचाह तथा स्याहार सम्बन्धी सेवा।
२. सूचीकृत हुन सक्ने निकाय तथा संस्था
प्रचलित कानून बमोजिम दर्ता तथा सञ्चालनमा रहेका र बालबालिका संरक्षण, शिक्षा, स्वास्थ्य, पोषण, मनोसामाजिक सेवा, सामाजिक कार्य, पारिवारिक सवलीकरण वा अन्य सम्बन्धित क्षेत्रमा सेवा तथा सहयोग उपलब्ध गराउँदै आएका निकाय तथा सेवा प्रदायक संघ संस्था सूचीकृत हुन सक्नेछन्।
३. सूचीकृत हुन पेश गर्नु पर्ने कागजात
इच्छुक निकाय तथा सेवा प्रदायक संघ संस्थाले देहायका कागजात पेश गर्नुपर्नेछ:-
१. संस्था/निकाय दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,
२. संस्था/निकायको विधान वा संस्थागत विवरण,
३. एक आर्थिक वर्षको नवीकरण भएको प्रमाण खुल्ने कागजात,
४. स्थायी लेखा नम्बर (PAN) तथा कर चुक्ता प्रमाणपत्र, लागू हुने हदसम्म,
५. संस्थाको पछिल्लो लेखापरीक्षण प्रतिवेदन,
६. बालबालिका तथा सम्बन्धित क्षेत्रमा गरेको कार्य अनुभव तथा प्रमुख कार्यक्रमको विवरण,
७. उपलब्ध गराउन सक्ने सेवा, सहयोग वा योगदानको स्पष्ट विवरण,
८. सेवा उपलब्ध गराउने प्रस्तावित क्षेत्र, अवधि तथा लक्षित बालबालिकाको विवरण,
९. निकाय तथा संस्थाबाट सम्पर्क/समन्वयका लागि तोकिएको व्यक्ति र सम्पर्क विवरण,
१०. बाल संरक्षण मापदण्ड तथा आचारसंहिता लागू गरे/नगरेको र संस्थागत अन्य बाल संरक्षण सम्बन्धी नीति भए सोको प्रतिलिपि,
११. परिषद्ले आवश्यक ठानेका अन्य कागजात।
४. सेवा तथा सहयोगको प्रस्तावमा खुलाउनुपर्ने विवरण
इच्छुक निकाय/संस्थाले आफूले उपलब्ध गराउन सक्ने सेवा वा योगदानको प्रकृति, परिमाण, अनुमानित लागत, अवधि, लक्षित बालबालिकाको संख्या तथा सेवा प्रदान गर्ने कार्यविधि समेत स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ।
५. सूचीकृत तथा सहकार्यको आधार
प्राप्त आवेदन तथा प्रस्तावको मूल्याङ्कन गर्दा संस्थाको कानूनी हैसियत, सम्बन्धित क्षेत्रमा रहेको अनुभव, प्राविधिक तथा संस्थागत क्षमता, प्रस्तावित सेवा तथा योगदानको आवश्यकता, बाल संरक्षण सम्बन्धी मापदण्डको पालना तथा दीर्घकालीन हेरचाह तथा स्याहार योजनासँगको सम्बन्धलाई आधार लिइनेछ।सूचीकृत भएका निकाय तथा सेवा प्रदायक संघ संस्थासँग परिषद्ले आवश्यकता, उपलब्ध स्रोत र स्वीकृत व्यक्तिगत दीर्घकालीन हेरचाह तथा स्याहार योजना (Individual Long-Term Care Plan) का आधारमा छुट्टाछुट्टै सहकार्य वा सम्झौता गर्न सकिनेछ।
६. आवेदन पेश गर्ने अवधि र माध्यम
- आवेदन पेश गर्ने अवधि: सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र।
- आवेदन पेश गर्ने स्थान: राष्ट्रिय बाल अधिकार परिषद्को कार्यालय श्रीमहल, पुल्चोक, ललितपुर।
- आवेदन पेश गर्ने माध्यम: परिषद् कार्यालयमा भौतिक रुपमा निवेदन पेश गर्न वा परिषद्को इमेल contact@ncrc.gov.np ठेगानामा इमेलमार्फत पठाउन सकिने।
७. थप जानकारी
यस सम्बन्धमा थप जानकारीका लागि:
राष्ट्रिय बाल अधिकार परिषद्
श्रीमहल, पुल्चोक, ललितपुर।
सम्पर्क व्यक्ति: रामबहादुर चन्द, सूचना अधिकारी
सम्पर्क नं.: ९८४१३८६८७१
इमेल: rambdrchand@gmail.com
सदस्य-सचिव