वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व चतुर्दशी - १४
हराएका र अपहरणमा परेका बालबालिकाको खोजी तथा संरक्षण गर्न, बेवारीस फेला परेका बालबालिकाको उद्धार, परिवारको खोजी र पहिचान गरी परिवारमा पुनर्मिलन तथा पुन:स्थापना गर्न, यस सम्बन्धी राष्ट्रिय सूचना सङ्कलन गरी यसको रोकथामका लागि तथ्याङ्कमा आधारित कार्यक्रम सम्बन्धित निकाय समेतबाट सञ्चालन गर्न गराउन साविक केन्द्रीय बाल कल्याण समिति, तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र नेपाल प्रहरीको संयुक्त प्रयासमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस नोभेम्बर २० को उपलक्ष्यमा वि.सं. २०६३ साल मंसिर २२ गते तत्कालीन सम्माननीय प्रधानमन्त्री श्री गिरीजा प्रसाद कोइरालाले बालबालिका खोजतलास समन्वय केन्द्र १०४ (National Centre for Children at Risk 104- NCCR) को स्थापना मन्त्रालयका तत्कालीन माननीय राज्यमन्त्री तथा समितिका अध्यक्ष श्री उर्मिला अर्याललार्इ फोन गरी प्रारम्भ गर्नु भएको थियो ।
बालबालिका सम्बन्धी नियमवाली, २०७८ को नियम ८९ बमोजिम हराएका बालबालिकाको खोजी गर्न, बेवारीस फेला परेका बालबालिकाको परिवारको खोजी र पहिचान गरी परिवारमा पुनर्मिलन गर्न, जोखिमपूर्ण श्रममा संलग्न बालबालिकाको उद्धार तथा संरक्षण गर्न, बेचविखन तथा ओसारपसारमा परेका बालबालिकाको उद्धार तथा संरक्षण गर्न र सडक बालबालिकाको उद्धार तथा संरक्षण गर्न बालबालिका खोजतलास सेवा निःशुल्क फोन नं. १०४ काठमाडौं उपत्यकाको हकमा बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) भृकुटीमण्डपमा, कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुरधाम, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको वीरेन्द्रनगर र मुस्ताङ, मनाङ्, रुकुम पूर्व र रुपन्देही बर्दघाट सुस्तापूर्व जिल्ला बाहेक अन्य ६९ जिल्लाहरुको जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सेवा सञ्चालनमा रहेकोछ ।